काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न यस सिजनको फ्रेन्च लिगको पहिलो खेलमा पीएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला र रांडल कोलो मुआनीले एक-एक गोल गरेका थिए । त्यस्तै ले हार्भेका लागि एक गोल गाउटियर लिओरिसले गरेका थिए ।
यो जित पछि पीएसजीले महत्वपूर्ण ३ अंक जोडेर सिजनको सुरुवात गरेको छ ।



