🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बङ्गलादेश : प्रदर्शनकारीका नेताहरू अस्पतालबाट पक्राउ

ढाका, ११ साउन (रासस/एएफपी) : बङ्गलादेशी प्रहरी जासुसहरूले शुक्रबार घातक अशान्तिको आरोपमा विद्यार्थी आन्दोलनका तीन नेतालाई अस्पतालबाट डिस्चार्ज गर्न बाध्य बनाई अज्ञात स्थानमा लगेको एक कर्मचारीले बताउनुभएको छ । 

आसिफ महमुद, नाहिद इस्लाम र अबु बेकर मजुमदार सबै स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्य हुन् । उक्त समूह निजामती सेवा भर्ती नियमविरुद्ध हालै सडक र्याली आयोजना गर्न जिम्मेबार छ । 

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएको रिपोर्टअनुसार प्रहरीको कारवाही र झडपहरूमा कम्तीमा एक सय ९३ जनाको मृत्यु भएको एएफपीले जनाएको छ । तीनै जना नेताको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उनीहरू हिरासतमा प्रहरीको यातनाका कारण घाइते भएका थिए । 

गोनोष्ठय अस्पतालका सुपरभाइजर अनवरा बेगम लकीले भन्नुभयो, “प्रहरीले उनीहरूलाई हामीबाट लगे, उनीहरू जासुसी शाखाका थिए ।” विद्यार्थी नेताहरूलाई आफूले डिस्चार्ज गर्न नचाहेको तर प्रहरीले अस्पताल प्रमुखमाथि डिस्चार्ज गर्न दबाब दिएको उहाँले बताउनुभयो । 

इस्लामकी दिदी फातेमा तस्निमले सादा कपडा लगाएका जासुसहरूले तीन जनालाई लगेको बताउनुभयो । 
–––