🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देउडामा रमाए महाधिवेशन प्रतिनिधि

काठमाडौँ, २० असार : कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेश चलिरहेको थियो । देशभरबाट आएका नेता तथा कार्यकर्ताले प्रज्ञाप्रतिष्ठान परिसर भरिएको थियो ।
    

प्रतिष्ठानको मुख्यहलमा सो पार्टीको नयाँ पदाधिकारीका चयनका लागि रस्साकस्सी चलिरहेका बेलामा बाहिर भने सुदूरपश्चिम प्रदेशको लोकभाका देउडा घन्किरहेको थियो । देउडाको भाकामा प्रतिनिधिहरु गोलबद्ध भएर नाच्न थालेपछि रमाइलो मान्दै हेर्नेहरु पनि झुमिएका थिए । 
    

पार्टी पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिले एकैछिन भए पनि देउडामा रमाइलो गाए र नाचे । सुदूरपश्चिम र कर्णाली प्रदेशका कलाकारले देउडा खेलेपछि प्रज्ञाप्रतिष्ठानको प्राङ्गण रमणीय बन्यो । देउडाको गीतमा सबै झम्न थालेपछि प्रतिष्ठानमा महोत्सव चलेजस्तै देखिएको थियो । गीतारु (गीत हाल्ने अर्थात् देउडिया)रुले सवाल–जवाफमा देउडा सुरु गरेपछि निकै रमाइलो भएको एक नेताले बताउनुभयो ।
    

जुम्लाका जनकबहादुर अधिकारी, बाजुराका शीतलकामी विक र अछामका जीत निशानीले नेतृत्व गर्दै राजनीतिक र समसामयिक विषयमा देउडामार्फत चर्चा गरे । देउडामा महिला तथा पुरुषको उल्लेखनीय सहभागिता थियो । पछिल्लो दुई दिन झरीपछि आज मौसम सफा भएको फाइदा उठाउँदै सुरु भएको देउडाले महाधिवेशनमा नयाँ रङ दिएको भान हुन्थ्यो । महाधिवेशनले आज पार्टी अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरे पनि बाँकी पदमा भोलि टुङ्गो लाग्नेछ ।