🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा

१५ असार, महोत्तरी । महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विद्यालयहरुले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन ।

एउटा सामुदायिक विद्यालय र बाँकी १० वटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीले जनाएको छ ।

सामुदायिक विद्यालयहरु मध्ये जन जागृती माध्यामिक विद्यालय पाटु बर्दिवास शतप्रतिशत नतिजा ल्याउने जिल्ला कै एक्लो विद्यालय  बनेको छ भने बाँकी संस्थागत विद्यालयहरु छन । 

संस्थागत विद्यालयहरुमा एभरेस्ट पब्लिक बोर्डिङ्ग स्कुल बर्दिवास, भानुभक्त स्कुल गौशाला, ग्लोबल एकेडेमी बर्दिवास, गुरुकुल एकेडेमी बर्दिवास, न्युटन भ्यू स्कुल रामगोपालपुर, शिशु ज्ञान निकुञ्ज जलेश्वर, ग्यालेक्सी अङ्ग्रेजी विध्यालय मनरासिस्वा, सनराईज स्कुल औरही, चिल्ड्रेन ग्लोरी औरही, सिदार्थ अङ्ग्रेजी स्कुल बर्दिवास र जानकी सितल स्कुल रहेका छन ।

२०८० असार १३ गते प्रकाशित एसईईको नतिजाअनुसार उत्कृष्ट जीपीए ल्याएर एभरेष्ट स्कुल बर्दिवास जिल्लाकै पहिलो बनेको छ ।