🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद

सप्तरी । सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिगएको मोबाईल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा) सहित ओसारपसारमा संलग्न दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने बर्ष २६ को नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने बर्ष २४ को रोहित मुखिया रहेका छन् । उनीहरुलाइ बरामद मदिरासहित थप कारवाहीको लागि राजबिराज भन्सार कार्यालय तिलाठिमा बुझाईएको छ ।