🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाकिस्तानी प्रधानमन्त्रीद्वारा पुनः बलियो राष्ट्रिय आतङ्कवाद विरोधी अभियानलाई अनुमोदन

इस्लामाबाद, ९ असार (रासस/सिन्ह्वा) : पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले शनिबार पुनः बलियो र सक्रिय राष्ट्रिय आतङ्कवाद विरोधी अभियानलाई अनुमोदन गर्नुभएको छ ।

शरीफले यहाँ राष्ट्रिय कार्य योजनाको केन्द्रीय सर्वोच्च समितिको बैठकको अध्यक्षता गर्दै यो निर्णय गर्नुभएको छ । यसले अपरेशन “आजम–ए–इस्तेहकाम“ (स्थायित्वको समाधान) को व्यापक र निर्णायक तरिकाले चरमपन्थी र आतङ्कवादको खतरासँग लड्नका लागि विभिन्न प्रयासहरू एकीकृत गर्ने प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा बताएको छ ।  

विज्ञप्तिमा राजनीतिक–कूटनीतिक क्षेत्रमा क्षेत्रीय सहयोगका माध्यमबाट आतङ्ककारीका लागि परिचालन गर्ने ठाउँलाई कम गर्ने प्रयासलाई तीव्रता दिइने जनाएको छ ।  

यो अभियान जनताको वास्तविक सरोकारलाई सम्बोधन गर्ने र चरमपन्थी प्रवृत्तिलाई निरुत्साहित गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले सामाजिक–आर्थिक उपायहरूद्वारा पूरक हुनेछ । 
–––