🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय नम्बरको स्कार्पियो दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४  धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते भएका छन् । 

सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा तर्फ जाँदै गरेको बिआरजिरो ५ एटी ५९६३ नम्बरको स्कार्पियो गाडीको पछाडि देब्रे तिरको चक्का पड्किएर अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । 

गाडी खयरको रुखमा ठोक्किएर क्षतिग्रस्त गाडीमा सवार दुई जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन । मृत्यु हुनेमा भारत बिहार पुर्वी चम्पारण जिल्ला ग्राम पञ्चायत झिट्काहीया ४ का ३५ वर्षीय तमन्ना शेख रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँका २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक २२ वर्षीय सोहेल अमिर समेत घाइते भएका थिए । घाइतेहरुको बिरगंजमा उपचार भएको प्रहरीको भनाइ छ ।