🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनताका आधारभूत समस्या समाधान नगरे आउँदैन समृद्धि : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरु समाधान गर्नतर्फ लाग्नुपर्ने बताएकी छन् । 

काठमाडौंमा बिहीबार आयोजित ‘२१औं शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति र सम्पदाको संरक्षण गर्दै सरकारले आत्मनिर्भरको खोजी गर्नुपर्ने बताइन् । 

\"\"

‘यदि हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौं भने आम नागरिकका न्यूनतम आवश्यकता पूरा गर्न जरुरी छ । सबैलाई खुसी पार्न त सकिँदैन । तर, आम रुपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ । आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन ।  हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरु छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरुलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ ।’

मुलुकमा उपलब्ध स्रोत र साधनको उपयोग गर्न सके परनिर्भर हुनुनपर्ने उनको तर्क थियो । त्यस्तै, पूर्व राष्ट्रपति भण्डारीले मिडियाहरु जनता र सरकारबीचको पुल बन्नुपर्ने बताइन् । 
सबैले आफूलाई विनाबर्दीको राष्ट्रको पहरेदार सम्झिनुपर्ने उनको भनाइ थियो । 

उनले भनिन्, ‘मिडिया र प्रेस जनता र सरकारको पुल बन्नुपर्छ, पहरेदार हुनुपर्दछ । हामी विनाबर्दीका राष्ट्रका पहरेदार हौं भन्ने कुरा सम्झिनुपर्यो । मिडिया भइसकेपछि त सरकारको कानमा बाजा बजाउनु पर्यो नि होइन ?’