🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टर्ब्युलेन्समा घाइते भएकालाई सिङ्गापुर एयरलाइन्सले क्षतिपूर्ति दिने

काठमाडौँ । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो ।

सिंगापुर एयरलाइन्सले भनेको छ – 'गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइनेछ । कुनै विशेष मुद्दामा पनि थप छलफल गरिनेछ ।'

गत महिना लण्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको फ्लाइट नम्बर एसक्यू ३२१ मा गम्भिर टर्ब्युलेन्स भएको थियो । टर्ब्युलेन्सका कारण ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेनको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् । 

टर्ब्युलन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको बताइएको छ । सिंगापुर एयरलाइन्सका अनुसार विमानमा २११ यात्रुबाहेक १८ जना चालक दलका सदस्य थिए ।