🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवतीको अश्लील भिडियो बनाएको आरोपमा १३ वर्षीय बालकसहित दुईजना पक्राउ

कैलाली, २८ जेठ : धनगढीमा युवतीको अश्लील भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

मोबाइल पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लील भिडियो, फोटो बनाइ मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको तथा मोबाइल धनीको फेसबुक आईडी आफैँले चलाइ विभिन्न अश्लील साइट सर्च गरेको भेटिइएपछि उनीहरुलाई पक्राउ गरिएको बोहराले बताउनुभयो । 

पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।