🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

व्यक्तिगत स्वार्थको लागि नियम मिच्ने प्रवृत्ति हावी : अध्यक्ष ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थको लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका छन् । 

काठमाडौंमा आइतबार आयोजित स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारलाई धन्यवाद तथा सम्मान कार्यक्रममा उनले आज मानिसहरु अझ विद्वान र चलाख हुँदै गइरहेको अवस्थामा त्यो सँगै स्वार्थका लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका हुन् । 

\"\"

उनले भने, ‘आज मानिस अझ विद्वान र चलाख हुँदै गइैरहेका छन् । र, त्यो सँगै स्वार्थी पनि भईरहेका छन् । त्यो स्वार्थले प्रकृतिका नियमहरु त्यो स्वार्थले कहिँ कहिँ स्वार्थवस् जीवनका नियमहरुलाई पनि मिच्न खोजेको होकी जस्तो लाग्छ । त्यसैले पनि यो अवस्थामा आफ्नो इच्छाले गर्ने स्वयंसेवा महत्वपूर्ण छ ।’

\"\"

\"\"

अध्यक्ष ओलीले  स्वयंमसेवा पवित्र र पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने भन्दै पछिल्लो समय अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिएको टिप्पणी गरे । उनले भने, ‘स्वयंमसेवा पवित्र कार्यमा पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने हो । अलिक बर्ता अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिन्छ । अलिक बर्ता बहकिएर पनि स्वयंमसेवा गरेको देखिन्छ । जे सुकै भएर गरेतापनि स्वयंमसेवाले मानिसको मन मष्तिष्कलाई पवित्र बनाउने काम चाँही गर्छ । हामी कुनै अन्यौलमा होइन् । मन मष्तिष्कबाट स्वयंमसेवा गर्नुपर्छ ।’

उनले पार्टीभित्र हुने प्राय कामहरु पार्टीका सदस्यहरुको स्वयंसेवाबाट नै हुने गरेको जिकिर गरे ।