🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सीप मेला अवलोकन गर्दै श्रीलंकाका राजदूतले भने : ‘हामीबीच समानता छ’

काठमाडौँ । ‘औपचारिक शिक्षा नपाएका व्यक्तिले सीपमुलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको धेरै महत्व छ,’नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भने, ‘योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’ 

अवलोकनका क्रममा उनले औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गरे । निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो । नेपाल र श्रीलंकाका बिचमा धेरै समानता छन् । समान प्रकृतिका यस्ता कार्यक्रम सँगै सञ्चालन गर्न सकिने राजदूत पथिरानाले भनाइ राखे । 

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, जनअपेक्षा धेरै भएकाले ती अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताए । सीप मेलामा व्यवसायिक तालिम दिने कार्यक्रम पनि यसैको एउटा भाग हो । उनको भनाइ थियो । 

\"\"

तालिमका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तालिमका विषय छनोटका बारेमा जानकारी गराउँदै मोवाइल बनाउने तालिमलाई उदाहरण दिए । ‘पहिले सिम कार्ड मात्र चल्ने मोवाइल बनाउनेले अहिलेका प्रविधियुक्त मोवाइल बनाउन थप तालिम लिनुपर्छ । हामीले यस्ता परिवर्तित अवस्थालाई हेरेर कोर्ष डिजाइन गरेका छौं,’ उनले भने ।

व्यवसायिक तालिमको योग्यता निर्धारण गर्ने क्रममा श्रीलंकाको सिकाइबाट सिक्न सकिने महानगरपालिकाका अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले बताए । मानवीय स्रोत व्यवस्थापन गर्ने दिशामा सहकार्य गर्न राजदूतले इच्छा राख्नुभएको उनले जानकारी दिए । 

सीप मेलाका तालिम संयोजक देवेन्द्र केसीका अनुसार श्रीलंकाले राष्ट्रिय सीप परीक्षण प्रणालीलाई राम्ररी कार्यान्वयन गरेको र महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको शिक्षामा सीप कार्यक्रम र सिपयुक्त जनशक्तिको योग्यता परीक्षण यही मोडेलमा अगाडि बढाउने योजना रहेको सुनाए ।