🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् ।

बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् । अब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती मिडियाले उल्लेख गरेका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ । यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो । तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ ।  

बेलायतमा आम चुनाव प्रायः बिहीबार हुने गर्दछ । जुलाई ४, २०२४ पनि बिहीबार नै परेको छ ।