🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

व्यापारीको रु नौ लाख लुटियो

बर्दिवास, २५ कात्तिक : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आज दिउँसै लुटपाट भएको छ । 

सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कबाट रकम लिएर घरतर्फ आउँदै गर्दा महोत्तरी र धनुषाको साँधमा पर्ने बिग्हीपुलमा हतियारधारी चार जनाको समूहबाट लुटिएका हुन् । 

मोटरसाइकलबाट घर फर्कंदै गरेका साहको पिछा गर्दै दुईवटा मोटरसाइकलमा आएका चारजनाले अगाडिबाट बाटो छेकेर साथमा रहेको नौ लाख रकम लुटेर लगेका पीडितको भनाइ छ । लुटेराहरुले बाटो छेकेर पेस्तोल देखाउँदै रकम लगेका साहले बताए  । 

घटनालगत्तै सीतापुर प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाबाट सुरक्षाकर्मी घटनास्थल पुगे पनि लुटेरा भागेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थल वरिपरि र अन्य शङ्कास्पद ठाउँमा लुटेराको खोजीमा प्रहरी परिचालित गरिएको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटना आज दिउँसो करीब ३ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।  रासस