🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साठी लाखकाे मुद्दा र राजीनामाले रवि लामिछाने एकपछि अर्काे संकटमा परेपछि…!

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र निरन्तर असन्तुष्टि बढ्दो देखिन थालेपछि ओरालो यात्रामा देखिन थालेको छ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी  ठगी प्रकरणले तनाव थपेका बेलामा हिमालयन  बैंकले  अर्को मुद्दा हालेको छ । ग्यालेक्सी टिभीमा को बन्छ करोडपति कार्यक्रम प्रयोजनबापतको रकममध्ये ५० प्रतिशत अघि नै लिएर कार्यक्रम नबनाएको भन्दै बैंकले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ ।  

  ग्यालेक्सी टिभीमा उक्त कार्यक्रम  बनाउने सम्झौता भएको बेलामा रवि लामिछाने सेयर सदस्यको रुपमा थिए भने सम्झौतामा 'डिल' गर्ने कर्मचारी विपिन आचार्य थिए । आचार्य अहिले रास्वपाको सहमहामन्त्री रहेका छन् । बैंकले करिब ६२ लाख रुपैयाँ ठगी भएको दाबी गरेको छ । यो तनाव बाहिर आउनुभन्दा ठिक अघि रास्वपाका सीईओ हेमन्त बरालले पनि राजीनामा दिएका थिए ।

  चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यरत बरालले २०८१ बैशाखमै राजीनामा दिएका थिए । तर, यो विषय पनि अलिक ढिला गरी सार्वजनिक भएको छ । महिनाको करिब डेढ लाख रुपैयाँ तलब पाउने गरी बराल नियुक्त भएका थिए ।

फिलिपिन्सबाट नेपाल आएर रास्वपाको सीईओ भएका बरालको राजीनामाले अन्य आशंका पैदा गरेकाे छ । त्यसो त, उनले तलब नपाएर जागिर छोडेको समाचार पनि सार्वजनिक भएका छन् ।

   हज्जारौं नेपालीलाई विदेशबाट फर्काएर रोजगारी दिलाउने, ब्लु बस, ब्लु एम्बुलेन्स र स्वास्थ्य चौकी चलाउने, अरु दलको भन्दा फरक कार्यालय सन्चालनको नमुना देखाउने भन्दै दर्खास्त आह्वान गरेर बराललाई नियुक्ति दिइएको थियो ।

रवि लामिछानेको निर्वाचन क्षेत्रमा  चलेका एम्बुलेन्स र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु बन्द भएका छन् । महिलाहरुका लागि चलेको ब्लु बस पनि बन्द हुने अवस्थामा पुगेको छ । रवि लामिछानेको केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म पनि समस्या देखिन थालेपछि उनको पार्टी रास्वपाभित्र भद्रगोल हुन थालेको संकेत गरेको छ ।