🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इलाम- २ मा फराकिलो मतान्तरसहित एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । 

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।