🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रेलरमा अनमोल र जसिताको ‘फर्की फर्की’-(भिडियाे सहित)

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । टे«लरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा जसिताप्रति अनमोल बढी नै आसक्त देखिएका छन् ।

\"\"
फिल्ममा सुयोग गुरुङको लेखन र निर्देशन छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक गुरुङले सन् २०१९ देखि फिल्मको तयारी गरेको स्मरण गर्दै नेपाली फिल्ममा पहिलोपटक ट्राभल जर्नीमा फिल्म बनाएको दाबी गरे ।

‘खास गरी यो जनराको फिल्मका दर्शक र फ्यानहरु ओटीटी प्लेटफर्ममा बढी छन्, उनले भने, ‘ड्रामा, कमेडी र प्रमुख पात्रको जर्नीलाई फिल्ममा देखाइएकोले नेपाली दर्शकका लागि फिल्म फरक स्वादको अवश्य हुनेछ ।’

फिल्मका नायक अनमोल केसीले आफूलाई चार वर्षअघि निर्देशक सुयोगले फिल्मको कन्सेप्ट सुनाउँदा नै फिल्मप्रति आफ्नो चासो बढेको खुलाए । ‘यो चरित्र मेरा लागि चुनौतीपूर्ण नै थियो । तीन वर्षको मेहनतमा त्यो चुनौतीलाई तोड्न सफल भएँ जस्तो लागेको छ,’ उनले भने ।

फिल्मबाट रवि काफ्ले र समृद्धि रिजालले अभिनयमा ‘डेब्यू’ गर्दैछन् । रविले बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने सपना अहिले आएर पुरा भएको भन्दै खुशी व्यक्त गरे । नवनायिका समृद्धिले राम्रो टिमसँग सहकार्य गर्न पाउनु आफ्ना लागि थप खुशीको कुरा भएको बताइन् ।

निर्माता रोहित अधिकारीले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ ।

सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सह­–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।
०००