• मंगलबार-बैशाख-१८-२०८१

यी हुन् सेनामा मोजमस्ती गर्ने जर्नेल, कर्णेल र अधिकृतहरु 

 

जुनसुकै सरकारी व्यक्तिलाई भ्रष्टाचार अभियोग लागेमा छानबिन पछि ठहर भएमा मुद्दा लाग्छ भने तुरुन्त निलम्वन हुन्छ । नेपाली सेनाले सहायक रथी (जर्नेल) मधुकर कार्कीलाई एनसेल काण्डमा प्रमाण सहित मुद्दा लागेता पनि निलम्वन गरिएन, जसको मुद्दा अदालतवाट छिनोफानो हुन बाँकी नै छ भन्ने हामीले सुनेका छौं । नेपाली सेनालाई समेत मुद्दा हाल्ने मधुकर सिंह कार्की पूर्व चिफको सिफारिसमा चीनमा वार कलेज गरिरहेका छन् । 


राजेन्द्र क्षेत्री चिफको निगाहमा रतिन्द्र कर्सा’बसंग पूर्वराजा ज्ञानेन्द्रका प्रमुख एडिसि वनेका मधुकर सिंह कार्कीको वारकलेजका लागि चीन जान पनि पूर्व चिफ राजेन्द्र र रतिन्द्र कर्सा’वको विशेष सिफारिस रहेको सुनेका हौं । 


 नेपाली सेना अहिले पूर्व  चिफ  राजेन्द्र उनका भाई रतिन्द्रहरुको ईसारामा चल्ने गरेको सेनाभित्र चर्चा हुने गर्दछ । रतिन्द्र खत्रीले प्रभुराम चिफसंगै तालिम गरेका निकट साथी हुन् । रतिन्द्रसंगै राजदरवारमा काम गरेका विष्णु खड्का जर्नेललाई चिफसावको अफिसमा सरुवा गरेका छन् । जर्नेल विष्णु खड्का आफूभन्दा राम्रो अधिकृत सेनामा कोही छैन भन्छन, पावर प्ले गर्न चतुर पनि छन् भन्ने सुन्छौं । जर्नेल विष्णु खड्का पोष्टिङ्ग तथा प्रमोसनमा काखा पाखा गर्छन् जुन कुरा पत्रिकाहरुले प्रकाशन समेत गरिसकेको छ ।


  नेपाली सेनाको सवै रिपोर्ट पूर्व चिफ राजेन्द्र  र रतिन्द्रलाई गर्छन् रे । पूर्व चिफ  राजेन्द्रले आफूले कल्याणकारीमार्फत गरेको अनियमितता रोक्नको लागि अति नै न्यूनस्तरको पेशागत क्षमता भएको, खुराफात नम्वर वान राजेन्द्र क्षत्री चिफ हुँदा कल्याणकारीमा रहेर हालीमुली गरेका र चार पटक स्टाफ कलेज फेल भएका किरण के सी जसले ३२ वर्षको जागिरको अवधिमा कहिले पनि काठमाडौंवाट बाहिर गएनन्,  घोडा, तवेलामा नयाँ अधिकृत आउन नदिएर नै २ वर्ष विताए । त्यो उनको पेवा नै भयोलाई सेटिंगमा ल्याएका छन् । त्यस्तै आफू पृतनापति हुँदाका स्टाफलाई सैनिक सचिवमा ज्योतिन्द्र महत जर्सा’बलाई सेटिंगमा राखेका छन् र सवै काम राजेन्द्र क्षत्री चिफको ईशारामा गर्छन् भन्ने सुन्छौं । 


 रक्षा मंत्रालयमा मेजर विगत ६ वर्ष देखि सुदीप अर्याललाई खटाएका छन, निज मेजर ३ पटक स्टाफ कलेज फेल हुन, जो राजेन्द्र क्षत्री चिफको पालिमा वास नै शशीभवनमा विना रोकतोक जान्थे, म नभै नेपाली सेनाको केही काम हुँदैन ठान्छ रे, जो चिफ आएपनि म रक्षा मन्त्रालयमा बस्ने म नै हो भन्छन्, महिनामा ठेकेदारको सेटिंगमा मोजमस्ती गर्न दुबई, वैङ्कक गइरहन्छन्, मेरो अफिस जस्तो आर्मी हेडक्वाटरको ३ तारे जर्सवाको पनि छैन भन्छन्, रक्षा मंत्रालयको सवै कामहरु राजेन्द्र क्षत्रीलाई रिपोर्ट गर्छन् रे । पाँच वटा रक्षा सचिव खाईसके भन्छन् रे, उनको व्यवहारले रक्षा मंत्रालयका कर्मचारीहरु नै छक्क परेका छन् भन्ने सुन्छौं । भरत गुरुङ तालिमवाट निष्कासन भएको ७ दिन पछि पनि सिवि गुरङ्ग, गोविन्द गुरुङ्ग, रत्न गुरुङ्ग, विप्लव गुरुङ्ग जर्सा’वहरुको पावरमा तालिममा सरिक हुने अवसर पाए, जसले गाईघाट गणमा हुँदा रकम हिनामिना गरेको छानबिन गर्दा २१ लाख तिरेका थिए रे ।


  आयल निगमका अध्यक्ष गोपाल खड्का निगमको जग्गा खरिद गर्दा बढी मूल्यांकन गरि भ्रष्टाचार गरेको अभियोगमा कारवाहीमा छन् । सक्षम अधिकारीबाट छानबिन भएमा गतल सँधै गलत नै हुन्छ र भ्रष्टाचारको फाईल जुनसुकै वेला पनि खोल्न मिल्छ । रक्षा मन्त्री हरि उप्रेती सैनिकहरुको रगत र वलिदानवाट संकलन भएको कल्याणकारीको रकमले कीर्तिपुर नगरपालिकाको चोभार तथा अन्य स्थानहरुमा खरिद गरिएको जग्गामा तत्कालीन कल्याणकारीको जर्नेल गौरव तण्डुल जसले नियम विपरीत घरमा ७ जना सैनिकहरुलाई घरायसी काममा लगाएका छन्, ३० वर्ष देखि कल्याणकारीमा कार्यरत नेपालमा सवैभन्दा वढी तलव खाने सिए जीवन दाहाल, मेजर जर्नेल शिशिर के सी जो नेपाली सेनाको स्कोरपियो गाडी चलाएर रवाफ देखाउछन् र घरमा ५ जना सैनिक व्यक्तिहरुलाई घरायसी काममा राखेका छन, चिफ राजेन्द्र क्षत्री जसको घरमा पनि नियम विपरीत १५ जना सैनिकहरु घरायसी काममा छन् र उनका छोराको सेटिंगमा वढी मूल्यांकन गरी ठुलो रकम अनियमितता  भएको सुन्छौं । यस विषयमा रक्षा मंत्रालयल र अख्तियारले आफै पनि विज्ञहरु संलग्न गराई छानविन गर्न सक्छन् । 


  स्वतन्त्र निकायवाट छानबिन हुन पर्दछ, क–कसले कति–कतिसम्म भ्रष्टाचार भयो थाहा हुन्छ साथै उक्त जग्गामा जर्सा’वहरुलाई गल्फ खेल्न रोक्नु पर्छ । कल्याणकारी कार्यमा प्रयोग गर्नुपर्छ । सेनामा भ्रष्टाचार र अनियमितता हुन नदिनको लागि संशोधन हुन लागेको सैनिक ऐन,  नियममा अख्तियारले छानबिन गर्न पाउने प्रावधान अनिवार्य राख्नु राख्नुपर्छ । रक्षा मंत्री उप्रेतीज्यू, ईतिहास बनाउन नचुक्नुहोस् काम गर्ने अवसर सँधै आउँदैन नेपालको ठुला पार्टीहरु सँधै ३२, २१ र १० सिटेहरुको घुर्की, हेपाई र शासनमा सँधै पक्कै वस्ने छैनन् ।

 

जनमतको अवमूल्यन गर्ने छैनन् । त्यस कारण गठबन्धन तलमाथि भयो कि मन्त्री पद विगतमा जस्तो खुस्की हाल्छ त्यस कारण मेजर सुदीप अर्याललाई तत्काल रक्षा मंत्रालयवाट हटाई तुरुन्त छानबिन सुरु गरौं, अवसर पाएको वेलामा काम गरेर देखाउनु पर्दछ । अबको चुनावमा पार्टी होईन काम गर्ने योग्य व्यक्ति मात्र जित्छ लेखेर राख्नु भए हुन्छ । नेपाली सेना र नेपाली जनताले सँधै आत्मादेखि नै सम्मान गर्ने छन् ।              –नेपाली सेनाको भलो चाहने अधिकृतहरु (साँघु साप्ताहिक, २०८० चैत २८)
 

प्रतिकृया दिनुहोस