🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साढे २३ लाख रूपैयाँ बराबरको तस्करीकाे प्याजसहित ट्रक पक्राउ

रूपन्देही । २०८० चैत २० गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ०७ बनगाईबाट अबैध प्याज ओसारपसार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ठूलाे परिणाममा तस्करीकाे प्याज बरामद गरेकाे छ ।

\"\"
लु ४७ प ४३३७, UP 56K416 नं. को २ वटा मोटरसाइकलमा ओसारपसार गरी लु २ ख ५३०४ नं. को ट्रकमा लोड गर्दे गरेको अबस्थामा १५२ बोरा प्याज सवारीसाधनसहित अन्दाजी मूल्य रु.२३,४८,०००।- बराबरको प्याज बरामद गरेकाे हाे ।

भारत जिल्ला महाराजगंज थाना सुनौली बस्ने बर्ष २५ को अब्दुलाह खाँन र ट्रक चालक जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २० को ईन्द्र कुमार राजभर समेतलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिई बरामद सामान, सवारी साधन र मानिसहरु समेतलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।