• शनिबार-श्रावण-१२-२०८१

साढे २३ लाख रूपैयाँ बराबरको तस्करीकाे प्याजसहित ट्रक पक्राउ

रूपन्देही । २०८० चैत २० गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ०७ बनगाईबाट अबैध प्याज ओसारपसार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ठूलाे परिणाममा तस्करीकाे प्याज बरामद गरेकाे छ ।


लु ४७ प ४३३७, UP 56K416 नं. को २ वटा मोटरसाइकलमा ओसारपसार गरी लु २ ख ५३०४ नं. को ट्रकमा लोड गर्दे गरेको अबस्थामा १५२ बोरा प्याज सवारीसाधनसहित अन्दाजी मूल्य रु.२३,४८,०००।- बराबरको प्याज बरामद गरेकाे हाे ।


भारत जिल्ला महाराजगंज थाना सुनौली बस्ने बर्ष २५ को अब्दुलाह खाँन र ट्रक चालक जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २० को ईन्द्र कुमार राजभर समेतलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिई बरामद सामान, सवारी साधन र मानिसहरु समेतलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।  

 

 

 

प्रतिकृया दिनुहोस