🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिम्मा लिएको काममा लापरबाही गर्नु हुँदैन : महानिरीक्षक अर्याल (तस्बिरसहित)

धरान (सुनसरी), १८ चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन  निर्देशन दिनुभएको छ ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराहवाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताउनुभयो ।  उहाँले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजानी गरेका गल्ती अपराध सरह हुन्छन् । कर्तव्य पालनाका सिलसिलामा भएका गल्ती भने सुधार्न सकिन्छ ।”

    
कार्यक्रममा सशस्त्र प्रहरी बल बराहवाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीलाई चुस्त, दुरुस्त र  अनुशासित बनाउन शून्य सहनशीलता अपनाइएको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार प्रदान गरिएको थियो ।

तस्बिरहरु ः
\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

तस्बिर स्रोत ः सशस्त्र प्रहरी बल नेपाल

–––