🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चितवनमा ५९३ एम्पुल लागूऔषधसहित एक जना पक्राउ

चितवन, १५ चैत । चितवनको कालिका नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ आदर्श टोल बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् । उनलाई बुधबार राति करिब ९ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलीले तामाङलाई शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरी जम्मा ५९३ एम्पुल फेला परेको र उक्त लागूऔषध सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।