🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

काठमाडौ, चैत ६ । रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धिधधत रिलायबल प्राइभेट इक्विटी फण्डबाट अकामा होटलबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा फन्डको तर्फबाट कोष व्यवस्थापक प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र होटलका तर्फबाट होटेलका अध्यक्ष विनयकुमार श्रेष्ठले हस्ताक्षर गरेर होटेलमा लगानी गर्ने भएको छ । सम्झौताअनुसार रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ । साथै, प्राथमिक सार्वजनिक निष्कासनपश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ । 

रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो । यसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ । यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरूमा लगानी गरी सो संस्थाहरूलाई एक वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।