🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अदाको ‘बस्तरः द नक्सल स्टोरी’लाई प्रतिबन्धको तयारी

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको निर्देशक सुदिप्तो सेनको फिल्म ‘बस्तरः द नक्सल स्टोरी’ रिलिज हुनासाथ विवादमा तानिएको छ । छत्तिसगढको नक्सल आतंकमा आधारित अभिनेत्री अदा शर्मा स्टारर यो फिल्मका शो कर्नाटकसहित अन्य राज्यमा धमाधम रद्द हुन थालेका छन् ।

अदालतले अदालाई एक सुचना पनि पठाउने तयारी रहेको छ । अधिकांश स्थानमा फिल्मलाई प्रतिबन्ध गर्ने चर्चा उत्तिकै छ । २ घण्टा ४ मिनेटको यो फिल्ममा नक्सलीको हिंसालाई खुलेर देखाइएको छ । थिएटर तथा दर्शकले फिल्ममा प्रयोग गरिएका केही संवादलाई लिएर आपत्ति जनाएका छन् । उक्त संवादले विवाद सिर्जना सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा प्रयोग गरिएका केही विवादास्पद संवाद र केही राजनेतालाई बदनाम गरेको आरोपमा अदालतले अभिनेत्री अदालाई अदालतमा उपस्थित हुन सूचना पठाउने तयारी गरिरहेको छ ।

फिल्ममा माओवादीको क्रुरतालाई पूर्ण रुपमा चित्रण गराइको छ । फिल्ममा अदा आईपीएस अधिकारीको भूमिकामा छिन् । फिल्ममा अदामाथि निर्दोष आदिवासीहरुलाई फेक इन्काउन्टरमा सहभागिता गराएको आरोप र नक्सली गतिविधिलाई नियन्त्रणको आडमा फैलाइएको अतिक्रमणमा दोषी देखिएको मामला देखाइएको छ ।

फिल्ममा नक्सल गिरोहको मिसन, सीआरपीएफ बटालियनका जवानमाथि झुक्याएर हमला गरेको र उनीहरुको मृत्युदेखि लिएर कैयौं हृदयविदारक दृश्य देखाइएको छ । फिल्ममा हिंसा यति धेरै छ कि फिल्म समीक्षकले कमजोर मुटु भएकालाई फिल्म नहेर्न सल्लाह नै दिएका छन् ।