काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेरहदका कारण नयाँ वर्ष २०८१ को शुरुवाती महिनामा नै सेवा निवृत्त हुने भएका छन् । यसरी सेवा निवृत्त हुनेमा एआईजीपी मीरा चौधरी र सन्दीप भण्डारी ५६ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएका हुन् । २०५२ फागुन ५ गते निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका दुवै जना वर्तमान प्रहरी ऐन २०१२ अनुसार ५६ वर्ष उमेर हद पूरा गरेर एकैसाथ अवकाशमा जान लागेको स्रोतले जानकारी दिएको छ ।
एआईजी चौधरी २०८१ बैशाख ५ र भण्डारी वैशाख ७ गते अवकाशमा जाने भएका हुन् । नेपाल प्रहरीमा एआईजीको पदावधि ५ वर्ष रहेको छ भने उमेर हद ५६ वर्ष तोकिएको स्रोतले बताएको छ । अवकाशमा जान लागेकी चौधरी प्रहरी प्रशासन विभाग प्रमुख र भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका छन् । (साँघु साप्ताहिक, २०८० फागुन २८)



