🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

सुर्खेत, २८ असोज (रासस) : सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई रङ्गेहात पक्राउ गरेको हो ।

श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियार सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीले पक्राउ परेका दुवै जनामाथि विस्तृतमा अनुसन्धान भइरहेको बताए  । 
–––