🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महाशिवरात्री तथा सेना दिवस विशेष र विविध कार्यक्रमका साथ सम्पन्न(तस्बिरहरू सहित)

  काठमाडाैं । २०८० फाल्गुण २५ गते महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस विशेष र विविध कार्यक्रमहरू सहित मनाइएर सम्पन्न गरिएकाे छ ।

\"\"

\"\"

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको शुरूमा प्रमुख अतिथि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति  रामचन्द्र पौडेलबाट वीर स्मारकमा पुष्पाहार चढाइ शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएकाे थियाे ।

\"\"\"\"
 राष्ट्रपति पाैडेलबाट नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही-२०८० विमोचन गर्नुका साथै फ्रि-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः अमल्दार टंक बहादुर डाँगी र सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान  गरिएकाे थियाे । त्यस्तै, कार्यक्रममा सांगीतिक प्रस्तुति दिने भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरिएकाे थियाे ।

\"\"

  समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुति गरिएको थियो ।

\"\"

  समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, मन्त्रीगण, पूर्व प्रधानमन्त्री, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, विभिन्न देशका राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत आम सर्वसाधारणको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।

 यस अगाडि आजै प्रधान सेनापति महारथी  प्रभुराम शर्माबाट प्रधानसेनापति ब्यानर  प्रतियोगिता-२०८० मा गणतर्फ प्रथम हुने श्रीजंग गण र गुल्म तर्फ प्रथम हुने हनुमानध्वज गुल्मलाई प्रधान सेनापति ब्यानर प्रदान गरिएकाे थियाे ।