🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इक्वालिटी कप महिला क्रिकेट : मोरङ र इलाम विजयी

विराटनगर  । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज सुरु भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी बनेका छन् ।

पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को स्कोर खडा गरेको थियो ।

मोरङका लागि प्लेयर अफ द म्याच सानु राजवंशीले ५९ रन जोड्दा नमिता श्रेष्ठले १९ रन जोडिन् । सम्तरीका बन्दना रजक र मञ्जु रामले १–१ विकेट लिइन् ।

१ सय ५६ रनको स्कोर पछ्याएको सप्तरीले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । सप्तरीकी सुस्मीता यादवले सर्वाधिक १२ रन जोडिन् । मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बुले समान ३–३ विकेट लिइन् ।

 
यसैगरी, दोस्रो खेलमा इलामले सिरहालाई  ५ रनले पराजित गरेको छ । टस जिेतर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ४  गुमाई १ सय ४६ रनको स्कोर खडा गरेको थियो ।  

इलामका लागि प्लेयर अफ द म्याच प्रियंका राईले नटआउट ५३ रन बनाउँदा चिजा राईले १९ रन बनाइन् । सिरहाकी अर्चना महतो, अजमेरि खातुन, मिना महतो र निलम महतोले १–१ विकेट लिइन् ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ४१ रनमा सीमित भयो । सिरहाकालागि  मिना महतोले ३३ रन बनाउँदा निलम महतोले २८ रन बनाइन् । इलामकी पुस्मिता मुखियाले २ विकेछ लिँदा जानुका खवासले १ विकेट लिइन् ।  

 
मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखी राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए ।
 

फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेका खेल सम्योजक विशाल साहले बताए ।

 
लिगको आधारमा खेलाइने प्रतियोगितामा उत्कृष्ट दुई टिमले फाइनल खेल्ने खेल साहले बताए