🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त सात वर्षपछि पक्राउ

गोरखा, २१ फागुन । वैदेशिक रोजगार सम्बन्धी कसुरमा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६ वर्षीय राम गुरुङलाई  पक्राउ गरेको हो । 

फैसला कार्यन्वयनको सिलसिलामा वैदेशिक रोजगार न्यायाधिकरणबाट २०७३ चैत १५ गते फैसला भई वैदेशिक रोजगार सम्बन्धी कसुरमा कैद तथा जरिवाना तोकिई फरार रहेका गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार गुरुङलाई पक्राउ गरी कैद र जरिवाना असुल उपरका लागि जिल्ला अदालत पठाइएको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताए । जिल्ला अदालतको आदेशले गुरुङलाई कैद र जरिवाना असुल उपरका लागि कारागार कार्यालय पठाइएको छ । फैसला कार्यन्वयन गर्ने सिलसिलामा प्रहरीले गुरुङलाई सात वर्षपछि पक्राउ गरेको हो ।