काठमाडाैं, २१ फागुन । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत पीडित सेयर बजारका ५५ लाख भन्दा बढी बजारका काराेवारीहरू दंग परेका छन् । राजनीतिले काेल्टे फेरेर नयाँ समीकरणकाे घाेषणा पछि २०८० फागुन २१ गते सेयर बजारमा खुसीयाली छाएकाे देखिएकाे छ ।
सेयर बजारमा २०८० फागुन २१ गते सुरूमै दोस्रो पटक पनि सर्किट लागेर बन्द भएको छ । बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि पुनः स्थगित भएको हो । यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो ।
सेयर बजारका काराेवारीहरू २०८० फागुन २१ गते विहानै देखि एमालेका उपाध्यक्ष विष्णु पाैडेल अर्थ मन्त्री बन्ने भए भनेर दंगदास परेकाे भेटिन्थे । कांग्रेसकाे गठबन्धन टुट्ने खबर विहानै हेल्थ क्लव, चिया र कफी पसलहरूमा पुगेपछि बजारका काराेवारीहरू खुसीले गदगद भएकाे अवस्थामा भेटिन्थे ।



