🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्लाहीको बरहथवामा ट्र्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

मलङ्गवा (सर्लाही), ९ फागुन । सर्लाहीको बरहथवामा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर धनीसमेत रहेका चालक रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते भएका छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।   

रौतहटबाट सर्लाहीको हजरियातर्फ आएको ट्र्याक्टर अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको प्रहरी प्रवक्ता थारुले बताउनुभयो । ट्र्याक्टरमा लेखिएको नम्बर प्रस्ट नभएको उहाँले जानकारी दिनुभयो । 

ट्र्याक्टर दुर्घटनामा गढीमाई नगरपालिका–९ बस्ने १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, १७ वर्षीय आकाश सहनी, ४५ वर्षीय सुकल देवी, १६ वर्षीया अञ्चला कुमारी र १८ वर्षीया नितेश सहनी घाइते भएका छन् । 

गम्भीर घाइते आकाश र किसनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको रौतहटको गौर गरुडामा उपचार भइरहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिनुभयो ।