🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२४ वर्षमा १७ पटक ‘गर्भवती’, पक्राउ पछि बाहिरियो अचम्मको कथा !

रोम, ९ फागुन । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ ।

वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुले पछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन । 

समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान रहेको र १२ वटा गर्भपतन गराएको बताएकी थिइन् ।

ती महिलाको नाम बारबरा हो, जो अहिले ५० वर्षकी भएकी छिन् । यस मामलामा यो भनिएको छ कि उनको गर्भावस्थाका बच्चाहरु मध्ये कुनै पनि सरकारी अभिलेखमा दर्ता गरिएको छैन, न त कुनै अधिकारीले देखेका नै छन् । 

समाचार अनुसार ती महिलाको पार्टनर, डेभिड पिज्जिनाटो, ५५ ले पुलिसलाई स्वीकार गरे कि उनलाई थाहा थियो कि उनी गर्भवती छैनन भन्ने तर उनले झुटो कुरा बोलिरहे ।

स्थानीय आउटलेट क्लारिनमा उल्लेख भएकाे समाचार अनुसार न्यायाधीशहरूले डेभिड पिज्जिनाटो अर्थात उनका सहयोगीलाइ निकै ध्यानमा राखेका थिए । अन्ततः उनीहरूले सजायमा याे लेखे कि ती महिलाले सार्वजनिक निकायलाई हानि पुर्‍याउने धोखाधडीको अपराध गरेकी छिन् ।

पिज्जिनाटोले हल्का सजायको बदलामा महिला विरुद्ध उजुरी दिएका थिए र ठगीमा उनको सहयोगीको रूपमा अभियोग लगाइएको  छ । उता, महिला भने पाँच सन्तान जन्माएकाे र धेरै नै पटक गर्भपतन गराएकाे कुरामा अडिग रहेकी थिइन् । 

यद्दपि, स्थानीय पत्रिका ला रिपब्लिकाका अनुसार क्लेरिनको रिपोर्टलाइ आधार मानेर ती महिलालाई ठगीको आरोप लगाइएको छ र उनले अब १ वर्ष ८ महिनाको जेल सजाय भोग्नु पर्नेछ ।