🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आयात निर्यात दुवै घट्यो, कसरी बढ्यो राजस्व ?

काठमाडौं । भन्सार विभागले २०८० माघ १३ गते अन्तर्राष्ट्रिय भन्सार दिवस मनायो । उक्त अवसरमा विभागले भन्सार प्रशासनमा सुधार र राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्नुका साथै प्रतिवद्धता समेत जनाएको छ । २०८० माघ ७ गते भन्सार विभागमा आर्थिक क्षेत्रमा क्रियाशील पत्रकार बिचमा भन्सार राजस्वको वर्तमान अवस्था, आयात, निर्यातको अवस्था, भन्सार सुधार कार्ययोजना, सदाचारिता पालना आदिका बारेमा अन्तरक्रिया गरेको थियो । 

माघ १२ गते अर्थमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम गरी अन्तराष्ट्रिय भन्सार दिवश मनाएको छ । यो अवसरमा भन्सार प्रशासनमा सुधार तथा राजस्व चुहावट र छलि नियन्त्रण गर्ने प्रतिवद्धता अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थ सचिव डा. कृष्णहरि पुष्कर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, उपमहानिर्देशक, भन्सार प्रमुखहरू र मातहतका कर्मचारीहरूले गरेका छन ।

८ खर्ब ३१ अर्बको आयात
चालू आर्थिक वर्षको २०८० साउन महिनादेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा ८ खर्ब ३१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा ८ खर्ब ७३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । जसअनुसार गत वर्षको तुलनामा यस वर्ष ३.४७ प्रतिशतले वैदेशिक व्यापार घटेको बताइन्छ ।

यस्तै, चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जस अनुसार आयातको ९१.११ प्रतिशत रहेको छ भने ८.८९ प्रतिशत निर्यातको हिस्सा रहेको भन्सार विभागस्रोतले जानकारी दिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको थियो । ८० अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको थियो । जसअनुसार गतवर्षको तुलनामा चालू आर्थिक वर्ष आयातमा ३.०९ प्रतिशतले र निर्यातमा ७.२३ प्रतिशतले कमी आएको बताइएको छ ।

भन्सार राजस्व बढ्यो
गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालुु आर्थिक वर्षको पुस मसान्तसम्म वैदेशिक व्यापार घट्दा पनि भन्सार विन्दुबाट संकलन हुने राजस्व भने बढेको बताइएको छ । यो वर्ष ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब ७० करोड बराबर राजस्व संकलन भएको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

चालु वर्ष आयात कम भए पनि राजस्व संकलन बढेको र गत वर्ष लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको थियो । तर, यो वर्ष केही सुधार भएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको दाबी रहेको छ । आगामी दिनमा राजस्व संकलन बढ्न सक्ने उनले दाबी गरेका छन ।

कति उठ्यो राजस्व ?
सरकारले गत आर्थिक वर्ष ५ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । त्यसमध्ये आयातबाट ५८.४२ प्रतिशत मात्रै लक्ष्य पूरा भएको थियो । गत आर्थिक वर्षको पुस मसान्तमा सरकारले १ खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो ।

चालू वर्षको पुस मसान्तसम्मको छ महिनामा विभागले ७७ करोड १७ लाख ३५ हजार रुपैयाँ अनुगमन शाखाले प्रत्यक्ष अनुगमन गरी थप राजस्व असुली गरेको छ । चालू वर्षको कुल लक्ष्यको तुलनामा ६ महिनामा ३१ प्रतिशत राजस्व असुली भएको छ । सरकारले कुल भन्सार राजस्वबाट ६ खर्ब २७ अर्ब ७५ करोड उठाउने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा विभागले १८ करोड ८६ लाख ९२ हजार रुपैयाँ थप राजस्व असुली गरेको थियो । चालुु आर्थिक वर्षमा गत आ.व.को तुलनामा ५८ करोड ३० लाख ४३ हजार रुपैयाँ बढी अनुगमन गरी असुली गरेको छ ।

के– के मा बढ्यो ?
चालू आर्थिक वर्षको पुस मसान्तसम्म सुन, डिजेल र एलपी ग्यासको आयात घटेको छ भने पेट्रोल र विद्युतीय साधनको आयात बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा डिजेल र एलपी ग्यासको आयात गत आर्थिक वर्षको तुलनामा कमी आउँदा विदेशिने रकम घटेको छ । तर, पेट्रोल र विद्युतीय साधन आयातमा भने गत आ.व.को तुलनामा ठूलो रकम बाहिरिएको विभाग स्रोतले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा सुन आयातमा ठूलो गिरावट आएको छ । पुस मसान्तसम्म ११ अर्ब ८९ करोडको सुन आयात भएको विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा २९ अर्ब २० करोडको सुन आयात भएको थियो । ६६ अर्ब ४९ करोडको डिजेल आयात भएको छ । गत आ.व.को सोही अवधिमा ७० अर्ब ११ करोडको डिजेल आयात भएको स्रोतले दावी गरेको छ ।
चालू वर्षको ६ महिनामा पेट्रोल आयात हुँदा ३३ अर्ब ९२ करोड बाहिरिएको छ । गतवर्ष सोही अवधिमा ३३ अर्ब ५४ करोडको पेट्रोल आयात भएको थियो । चालू वर्षको ६ महिनामा २५ अर्ब ४६ करोडको एलपी ग्यास आयात भएको छ । गतवर्ष ६ महिनामा २८ अर्ब २० करोडको आयात भएको थियो ।

विद्युतीय सवारीसाधन जिप, कार र भ्यान आयातमा ठूलो वृद्धि भएको तथ्यांक बताइन्छ । गत वर्ष ४ अर्ब ९३ करोड रुपैयाँका यस्ता सवारीसाधन आयात भएकोमा यो वर्ष १३ अर्ब १२ करोडको आयात भएको विभागको तथ्यांक रहेको छ । गतवर्ष ५ अर्ब ५३ करोडको एचआर सिट आयात भएकोमा यो वर्ष २२ अर्ब ३६ करोडको आयात भएको स्रोतले बताएको छ।

पाम तेल निर्यात घट्यो चिया, 
 कफी र अलैंची बढ्यो

चालू वर्षको ६ महिनामा प्रशोधित पाम तेल निर्यातमा ठूलो गिरावट आएको भन्सार विभागको दावी छ । गत आर्थिक वर्ष १३ अर्ब ९ करोडको निर्यात भएको थियो । चालु वर्षको सोही अवधिमा २ अर्ब ९० करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

फलामे पाता, तयारी कपडा, अलैंची, चियाकफी प्लाइउडजस्ता वस्तु निर्यात बढेको छ । सेन्थेटिक यार्न, ऊन गलैंचालगायत वस्तु निर्यात घटेको बताइन्छ । चालू वर्षको ६ महिनामा ७ अर्ब २५ करोड बराबरको चिया कफी निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ५६ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको थियो । गत वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । चालू वर्षको सोही अवधिमा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको भन्सार स्रोतले जानकारी दिएको छ ।