काभ्रे,२६ माघ / काभ्रेको खानिखोला गाउँपालिकामा विगत दश वर्षदेखि सडकमा अवरोध गरेको ढुंगालाई पन्छाइएको छ ।
खानिखोला गाउँपालिका -५ ,स्थित खोपासी तालढुङ्गा अन्तर्गत पर्ने सडकमा विगत १० वर्षदेखि सडक अवरोध गरेको ढुंगालाई हिजोदेखि पन्छाइएको बताइएको छ।
सडक अवरोध हटाउनको लागि आर्थिक वर्ष ०८०/०८१ मा पालिकाबाट रु १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
उक्त बजेटमा स्थानीय केशव बन्जराको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो भने २०८१ को बैशाख मसान्तसम्म काम सक्ने सम्झौता भएको थियो ।
"अब काम सक्न धेरै छैन । विगत १० वर्षदेखि सडकमा अवरोध पुर्याएर बसेको ढुंगा पन्छाइसकेका छौँ," अध्यक्ष बन्जराले भने," काम सम्झौता भएको समय अगाडि नै सकिनेछ ।"
लामो समयदेखि उक्त ढुङ्गाले सडकमा अवरोध पुर्याएको थियो।



