🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

मंगलबार पत्र बुझेका गेलालले बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका छन्। शहरी विकास मन्त्रालय अन्र्तगतको बिल्डिङ एण्ड आर्किटेक समूहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रूपमा हेर्ने गरिन्छ।

यसअघि सहसचिव हुँदा गेलालले  शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रूपमा प्रभावकारी कार्यसम्पादन गरेका थिए। गेलालको यसअघि पनि  शहरी विकास मन्त्रालयमा सरुवा गर्ने मन्त्रिपरिषद्मा सहमति भए पनि विभिन्न कारणले हुन सकेको थिएन। 

यससँगै सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।