🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्घटनाबाट जोगिए कार्तिक आर्यन

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन आइतबार सम्भावित एक दुर्घटनाबाट जोगिएका छन् । गुजरातमा भएको फिल्मफेयर अवार्डमा सहभागी हुन पुगेका आर्यनले आफ्ना फ्यानलाई अभिवादन गर्ने क्रममा फ्यानले ब्यारिकेड तोडेका थिए । ब्यारिकेड तोडिएर फ्यान भुइँमा लडेपनि कार्तिकलाई भने केही भएन ।

उक्त दृश्यको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा कार्तिक फ्यानलाई भेट्न गएका छन् ।

त्यो बेला उत्साहित फ्यानको भीडले ब्यारिकेड तोडेपछि उनीहरु एकअर्कामाथि लडेका हुन् । कार्तिकलाई देख्नासाथ कार्तिकतिर फ्यान आउन खोजेपछि ब्यारिकेड लडेको थियो ।

ब्यारिकेड लड्नासाथ कार्तिक पछाडि सरेर आफूलाई सुरक्षित स्थानमा राखेका थिए । समाचार अनुसार उक्त दुर्घटनामा केही फ्यान घाइते भएका छन् ।

आयोजक र प्रहरीले तुरुन्तै स्थानलाई नियन्त्रण लिएको थियो । जसकारण त्यहाँ भागदौड हुन पाएन ।

कार्तिकले अवार्डमा आफ्नो प्रस्तुति पनि दिएका थिए । कालो टी–सर्टवाला कोट र त्यस्तै पेन्टमा उनी आकर्षक देखिएका थिए ।

कार्तिक हाल फिल्म ‘चन्दु च्याम्पियन’को सुटिङमा व्यस्त छन् ।