🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘यूएनआरडब्ल्युए’लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग

काठमाडौं । इजरायल–हमास युद्धका बीच अमेरिकासहित ६ देशले संयुक्त राष्ट्रसंघको एउटा एजेन्सीलाई आर्थिक सहयोग रोकेका छन् । 

इजरायलले युएनआरडब्ल्युए संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो । त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो ।

युएनआरडब्ल्युए प्रमुख फिलिप लाजारिनीले एजेन्सीको प्रतिष्ठा जोगाउन सबैलाई बर्खास्त गर्ने निर्णय गरिएको बताए । यो एजेन्सी १९४८ मा स्थापना गरिएको थियो ।

हाल यो एजेन्सीले गाजा, वेस्ट बैंक, सिरिया, जोर्डन र लेबनानका ६० लाख मानिसहरूलाई सहयोग गरिरहेको जनाएको छ । यसको उद्देश्य आम नागरिकहरूलाई राहत सामग्री उपलब्ध गराउनु र उनीहरूलाई मद्दत गर्नु हो । 

हालसम्म अमेरिका, बेलायत, फिनल्याण्ड, क्यानडा, अष्ट्रेलिया र इटालीले युएनआरडब्ल्युएलाई आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन् ।