🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वनमा घाँस काट्न जाँदा भालुको आक्रमणबाट दुई किशोरी घाइते

अछाम, १० माघ । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको छ । 

घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका प्रनाउ पाठकले बताउनुभयो । उहाँका अनुसार घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ ।