🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली बने निर्वाण चौधरी (फाेटाेफिचर)

काठमाडौं, ५ माघ । नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन । गए राती स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन् ।

\"\"

उनले सो सम्बादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको बिषयलाइ मुख्य जोड दिएका छन । उधोगपत्ति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिव दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन ।

\"\"

‘विश्वभरी पानीको संकट बढीरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाइ पानी दिलाउन सकिन्छ,’ उनले सो फोरममा भने, ‘साथै, नेपालमा झन्डै १ लाख मेघावट बिजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेगावट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ ।’

\"\"

दक्षिण एसियाका देशहरूमा बिजुली बेच्न सकिने देखि त्यहाँ रहेको जनसंख्याको ठूलो हिस्सालाई मध्यनजर गरेर बजार बिस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड गरेका छन ।