🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौं महानगरले बढाउन सकेन खर्च

काठमाडौं । काठमाडौं महानगरपालिकाले विनियोजित बजेटअनुसार खर्च बढाउन सकेको छैन ।

माघ ३ बुधबार सम्पन्न १४ औं नगरसभामा पेस भएको विवरण अनुसार महानगरपालिकाले लक्ष्यको १७.७८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।  

चालु आर्थिक वर्षमा महानगरपालिकाको बजेट २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको आधा समय पुस २६ गतेसम्ममा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैया खर्च भएको छ । महानगरले अब भने लक्षित योजनामा खर्च बढाउन जोड दिने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा नगरसभा राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भएको हो । सभाले प्रवक्ता नवीन मानन्धरले पेस गरेको सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेस गरेको जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

नगर सभाको १३ औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा रहेको जानकारी सभामा दिइयो ।

त्यस्तै, सभामा बजेट तथा कार्यक्रमको संशोधनका लागि महानगरकी उप प्रमुख  सुनिता डंगोलले राखेको प्रस्ताव समेत पारित भएको छ ।

संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप गरिएको छ ।

सभाको अध्यक्षता गरेका महानगर प्रमुख  बालेन शाहले सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भएको जानकारी दिएका थिए ।

उनले भने, ‘सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भइसकेको हुँदा नगरसभा कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम काठमाडौं महानगरपालिकाको १४ औं अधिवेशन अन्त्य भएको जानकारी गराउँदछु ।’