🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उद्योग क्षेत्रमा किन लगानी बढ्न सकेन ?

काठमाडौं । विश्वभरी नै देखिएको आर्थिक मन्दीको प्रभाव नेपालको औद्योगिम क्षेत्रमा पनि देखिएको बताइएको छ । अपेक्षाकृत रुपमा स्वदेशी र विदेशी लगानी यो क्षेत्रमा आउन नसकेको समाचार बाहिर आएका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो ५ महिना अर्थात गत मंसिर मसान्तसम मुलुकमा १ सय ७२ वटा मात्र नयाँ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार २०८० साउन १ गतेदेखि मंसिर मसान्तसम्म सम्म उद्योगको दर्ताको अवस्था निकै कम रहेको छ ।

दर्ता भएका उद्योगहरूले करिव १ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको विभागको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८०/८१ मा उद्योग  विभागमा दर्ता भएका उद्योगमध्ये २१ वटा मात्र ठूला उद्योग रहेका छन् । ती मध्ये मझौला उद्योगको संख्या १४ वटा रहेको बताइन्छ । साना उद्योगको संख्या भने १ सय ३७ रहेको विभागले बताएको छ ।

१ सय ७२ उद्योगले कुल ९४ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने गरी उद्योग दर्ता गरेको विभागको भनाइ रहेको छ । विभागले चालु आर्थिक वर्षमा ठूला ८०, मझौला  ८५ र २ सय साना उद्योग दर्ता हुने अनुमान गरेको बताइन्छ । जसमध्ये साना उद्योग दर्ता उत्साहजनक भएको बताइएको छ । मंसिरसम्म दर्ता भएका उद्योगहरूले १२ हजार ७ सय ६७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् ।

मंसिर महिनामा मात्र ३ अर्ब ४३ करोड रुपैयाँ बराबर लगानी गर्ने गरी उद्योग दर्ता भएका छन् । गत मंसिर महिनामा ३१ उद्योग दर्ता भएकोमा ठूलो र मझौला आकारका उद्योग एक–एक मात्र रहेका छन् । अरु २९ वटा सबै ससाना उद्योग रहेको विभागले जनाएको छ ।

विदेशी लगानी प्रतिबद्धता कम
चालु आर्थिक वर्षको गत पाँच महिनामा विदेशी लगानी प्रतिवद्धता २० अर्ब ६० करोड रुपैयाँ बराबरको मात्र आएको छ । कुल १ सय ९९ वटा विदेशी लगानीका प्रस्ताव गएको मंसिर मसान्तसम्म स्वीकृत भएको विभागले जनाएको छ । मंसिर महिनामा मात्र २ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । 

मंसिर महिनामा २१ वटा उद्योग दर्ताको प्रस्ताव आएको विभागले बताएको छ । विदेशी लगानी प्रतिबद्धताबाट कुल १० हजार १ सय २० जनालाई रोजगारी सिर्जना गर्न सकिने प्रस्ताव गरिएको छ । नयाँ उद्योग दर्ता र विदेशी लगानी आउने प्रतिबद्वता आएता पनि विश्वभर नै देखिएको आर्थिक मन्दीले प्रतिबद्धता कति पूरा होलान भन्ने आंशका जन्मिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढे पनि कर्जा प्रवाह हुन भने सकिरहेको छैन । यही कारण र वस्तु तथा सेवाको मागमा आएको संकुचनले दर्ता भएका उद्योग र लगानी प्रतिबद्वता आएको लगानी तत्कालै आउने अवस्था नरहेको विभाग स्रोतले दाबी गरेको छ ।(साँघु साप्ताहिक, २०८० माघ १)