🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३२ धावकलाई पछि पार्दै \’तेस्रो ऋषिङ अल्ट्रा म्याराथन\’को उपाधि आर्मीलाई

तनहुँ, २७ पुस : ऋषिङ गाउँपालिकाद्वारा शुक्रबार आयोजित तेस्रो ऋषिङ खुला अल्ट्रा म्याराथनको उपाधि गोविन्द कार्कीले प्राप्त गरेका छन् ।

धारुङभञ्ज्याङबाट दुबुङकोट भ्यूटावरसम्मको ४३ किलोमिटर दूरी तीन घण्टा छ मिनेट ३३ सेकेण्डमा पार गर्दै उनले प्रथम उपाधि हासिल गरेका हुन् । त्रिभुवन आर्मी क्लबमा कार्यरत कार्कीले ३२ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुमेका हुन् ।

 त्रिभुवन आर्मी क्लबकै गोपाल तामाङ द्वितीय र तिलक सुनुवारले तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमश: तीन घण्टा सात मिनेट ३३ सेकेण्डमा र तीन घण्टा दश मिनेटमा उक्त दूरी पार गरे ।

त्यसैगरी सान्तवनामा करम रावलले तीन घण्टा १२ मिनेट १४ सेकेण्ड, महोहनदेव जोशीले तीन घण्टा १६ मिनेट आठ सेकेण्ड, जुनेस खड्काले तीन घण्टा १६ मिनेट २२ सेकेण्ड र निरोज भट्टले तीन घण्टा २१ मिनेट २७ सेकेण्डमा दूरी पार गरी सान्तवना स्थान प्राप्त गरेका छन् । उनीहरूलाई क्रमशः रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । 

‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अल्ट्रा म्याराथनको आयोजना गरिएको हो । विजयी धावकलाई क्रमशः रु ६५ हजार, ४० हजार, २५ हजार र रु पाँच हजार (करबाहेक)का साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

खेलकुदका माध्यमबाट ऋषिङ गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्यअनुरुप म्याराथन कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । म्याराथनले गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।
  

धारुङ भञ्ज्याङ (ऋषिङ प्रवेशद्वार)देखि दौड सुरु भई रानीपोखरी, पुरानथोक, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यूटावरमा पुगेर टुङ्गिएको हो । गत वर्षको दोस्रो ऋषिङ म्याराथनमा ५३ जना धावकले सहभागिता जनाएका थिए ।