🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुप्तचरको बढुवामा अन्याय ?

काठमाडौं । राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागमा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले मंसिर पहिलो र अन्तिम साता अनुसन्धान अधिकृत, वरिष्ठ अनुसन्धान सहायक, अनुसन्धान सहायक र सुचक पदमा बढुवा गरेको विभाग स्रोतले जानकारी दिएको छ । विगतको  भन्दा अघिल्लो महिना गरिएको बढुवा केही सन्तुलित र जेष्ठताको आधारमा भएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार वरिष्ठ अनुसन्धान सहायकबाट नौ जना अनुसन्धान अधिकृतमा बढुवा भएका छन् ।

जसमा दुई–तीन जना एउटै लटका केही सिनियरलाई टपेर बढुवा भएका छन् । अनुसन्धान सहायकबाट ३९ जना वरिष्ठ अनुसन्धान सहायकमा बढुवा भएका हुन् । यसमा भने सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरूको सिफारिसमा चार जना उच्च सेवा तालिम नलिएका जुनियरहरूको बढुवा गरिएको स्रोतले बताएको छ । विगतमा कभरमा रहेर काम गरेका कारण उच्च सेवा तालिम लिन नपाएका, ८–९ वर्षसम्म एउटै पदमा रहेका र राम्रो काम गरेकाहरू बढुवा हुनबाट वञ्चित भएको उक्त समाचारस्रोतले दाबी गरेको छ ।

यस्तै, ३५ जना सुचकहरू अनुसन्धान सहायक पदमा बढुवा भएका छन् । विगतको बढुवामा नियतवश छुटाइएकाहरू यस पटक बढुवामा परेको स्रोतको भनाई रहेको छ । ६० जना सहायक सुचकहरूको पनि सुचकमा बढुवा भएको छ । उच्च सेवाको तालिम लिँदै गरेकाहरूको पनि बढुवा भएको स्रोतले जनाएको छ । गुप्तचरका तल्लो पोष्टको बढुवामा यस पटक भने विगतको तुलनामा न्याय गरिएको बताइएको छ । (साँघु साप्ताहिक, २०८० पुस ९)