🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्प पीडितको सारथी बन्दै सेभ दि चिल्ड्रेन

सुर्खेत । कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका जाजरकोट तथा रुकुम पश्चिमका नागरिकलाई यहाँका संघ संस्थाले भारी सहयोग गरेकोमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले खुसी व्यक्त गरेका छन् ।

उनले सेभ सेभ द चिल्ड्रेनको सहकार्यमा पहाडी क्षेत्र विकास अभियानले भारी काम गरेको भन्दै पहाडीलाई शुभकामना समेत दिए । भूकम्पले क्षती भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने मन्त्री आचार्यले बताए । भूकम्प पीडितहरुको अबस्था बुझ्न जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन ।

झरी लाग्नु भन्दा पहिलेनै पालमुनी रहेका भूकम्प पीडितहरुलाई अस्थायी आबासमा लिई सक्ने सरकारको लक्ष्य रहेको मन्त्री आचार्यले जानकारी दिनुभयो । भूकम्प गएको ३६ घण्टा भित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरण जस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसंग साँझेदार स्थानीय संघ÷संस्था लगाएतका विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिएका छन् ।

भूकम्प प्रभावितहरुको पुर्ननिर्माण तथा पुर्नस्थापनासम्मको काममा नेपाल सरकारलाई सहयोग गर्न मन्त्री आचार्यले सम्पूर्ण दातृ निकायलाई अपिल गरेका थिए ।

भूकम्प गएको ३६ घण्टा देखि निरन्तर रुपमा स्थानीय संस्थासंगको साँझेदारीमा सेभ द चिल्ड्रेनले भूकम्प पीडितहरुलाई विभिन्न प्रकारका राहत सामग्रीहरु वितरण गर्दै आएको सेभ द चिल्ड्रेनको निमित्त राष्ट्रिय निर्देशक तारा क्षत्रीले जानकारी दिए । भूकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी र गर्भवति महिला, सुनौला हजार दिनभित्रका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु रहने क्षतीले जानकारी दिए ।

जोखिमा रहेका २ बर्ष मुनीका सुत्केरी, ५ महिना भन्दा माथिका गर्भवति महिला र क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सेभ द चिल्ड्रेनले पहाडी क्षेत्र विकास अभियान लगाएत अन्य निकायको साझेदारीमा नलगाड नगरपालिका–३ र ४, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–११ का ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी दिए ।  अभियानसंगकै साँझेदारीमा भेरी नगरपालिका–१, ३ ÷४, कुशे गाउँपालिका–७ र रुकुमपश्चिको सानोभेरी गाउँपालिकाका ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको क्षत्रीले जानकारी दिए । सानीभेरी गाउँपालिकाको १ र ४ मा समेत अभियानले राहत बितरण गरेको थियो ।

मन्त्री आचार्यसंगै भूकम्प पीडितहरुको अबस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले राहत वितरण, अस्थायी आबास निर्माणसंगै पुर्ननिर्माणको कामलाई संगसंगै बढाउनुपर्ने बताए ।