🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिरीमा शहीद हेमन्त स्मृति प्रदेशस्तरीय भलिवल हुने

काठमाडौं । शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेशस्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस २६ गतेदेखि हुने प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका टिमहरुले सहभागिता जनाउँदै छन् ।

सशस्त्र द्वन्द्वको समयमा २०५८ पुस २९ गते तत्कालिन विद्रोही माओवादीले प्रधानको घरमै हत्या गरेका थिए । उनको सम्झनामा गृहनगर दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता पाँच दिनसम्म चल्ने कांग्रेस प्रदेश ‘क’ सभापति  शुक्रराज तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताहरुमा पहिलो, दोस्रो र तेस्रो हुनेले शिल्ड, प्रमाणपत्रसँगै नगद क्रमशः २ लाख, एक लाख र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्त्वना हुने टिमका लागि नगद ३० हजार छ । 

प्रतियोगिता अवधिमा राष्ट्रियस्तरका कलाकारहरुको उपस्थितिमा बृहत् साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएका छन् ।

\"\"