🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अख्तियारबाट बच्न चलाखी : भृकुटी फनपार्क बन्द

  भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ल्याह्म पुचः बाल उद्यान अन्तर्गतको जग्गा भाडामा लिएर खेल तथा मनोरन्जनात्मक कार्य सञ्चालन गर्दै आएको 'भृकुटी फनपार्क' २०८० मंसिर २१ गते बिहीबारदेखि अनिश्चितकालका लागि बन्द भएको खबर छ ।

जग्गाधनी समाज कल्याण परिषद्ले एक सूचना टाँस गर्दै 'भृकुटी फनपार्क' बन्द भएको जनाउ दिएको हो । परिषद्सँग सम्झौता भएअनुसारका थुप्रै शर्तको उल्लंघन गरेको भन्दै परिषद्ले यसअघि नै सम्झौता भंग गरेको थियो । तर, समाचार स्रोतको दावी छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्भावित कारवाहीबाट बच्न परिषद्ले सम्झौता रद्द गर्दै अनिश्चितकालका लागि 'भृकुटी फनपार्क' बन्द गराएको हो ।

  यसअघि, गत वर्ष ५ वर्षका लागि जग्गा भाडामा दिँदा समाज कल्याण परिषद्ले जग्गाको न्यूनतम भाडादर मूल्याकंन विषय विवादमा तानिएपछि उक्त विवाद उजुरीका रुपमा अख्तियारले छानविन गरिरहेको छ । स्रोतका अनुसार, अख्तियारकै कारवाहीबाट बच्न समाज कल्याण परिषद्ले आफूले गरेको गल्ती सच्चाउँदै सम्झौता रद्द गरेको हो ।

   त्यसपछि पनि हरिगोपाल अमात्य सञ्चालक रहेको अमात्य इन्टरनेशनलले टेण्डर पारेता पनि उक्त मनोरञ्जन पार्क आफूले सञ्चालन गर्न नसकेपछि भारतीयमूलका गैर नेपालीलाई पार्क सञ्चालन गर्न जिम्मेवारी तोकेका थिए । समाज कल्याण परिषद्ले भने तोकेको शर्तनामा अनुसार लिजमा लिएको व्यक्ति वा संस्थाले फेरि आफूखुसी कसैलाई सवलिजमा दिन पाइँदैन ।

त्यसका साथसाथै समाज कल्याण परिषद्को स्वीकृति वेगर आफूखुसी सम्झौता हुँदाका बखत तोकिएका भन्दा बाह्य मनोरञ्जनात्मक खेल समेत सञ्चालनमा ल्याएकोमा समाज कल्याण परिषद्ले असन्तोष जनाउँदै आएको थियो ।

  त्यस बाहेक समाज कल्याण परिषदलाई भारत सरकारले उपलब्ध गराएको बालरेलको टिकट मूल्य पनि एकै पटक तिस रुपैयाबाँट बढाएर एक सय पुर्याएको थियो ।

    काठमाडौं काँग्रेस नेतृ कृष्णा अमात्यका दाजु हरिगोपाल अमात्यले बहिनीकै जोडबलमा तत्कालीन समाज कल्याण मन्त्री उमा रेग्मीकै निर्देशनमा परिषद्कै उपाध्यक्ष रहेकी मन्त्री रेग्मीकै बुहारी मोनिका भट्टराई अधिकारी, सदस्य सचिव मनोज भट्ट लगायतको मिलोमतोमा उक्त टेण्डर प्रक्रिया हात पारेका थिए। यस ठेक्का प्रकरणमा अख्तियारको नजिरलाई समेत कुल्चेर सम्झौता गर्नु पछाडिको रहश्य भने अझै बाहिर आएको छैन ।