काठमाडाैं । कृषि क्षेत्रमा आधुिनक प्रविधि भित्र्याएर कृष कर्म गर्न र कृषका लागि गुणस्तरीय बिउविजन उपलब्ध गराउने उद्देश्य र साेच सहित आर्थिक क्षेत्रमा सफलतापूर्वक छलाङ्ग हान्दै आएकाे मुक्ति नाथ समूहले स्थापना र सञ्चालन गरेकाे मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पनि आफ्नाे उद्देश्य परिपूर्तिका लागि फड्काे मार्दैछ ।
यसै सिलसिलामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
सम्झौतामा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट संचालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् ।
कृषि कम्पनीका शेयरधनीहरुलाई प्रभावकारी र भरपर्दाे सेवा शेयर रजिष्ट्रारमार्फत उपलब्ध गराउने कम्पनीले विश्वास लिएको बताएकाे छ ।



