🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इन्डोनेसियाको मारापी हिमालमा विस्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ जना बेपत्ता

काठमाडौं  । इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामुखी विष्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता भएका छन् । 

स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । 'त्यहाँ २६ जना छन् जसलाई बाहिर निकाल्न सकिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन् । 

सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विष्फोट भएपछि उद्धारकर्मीहरूलाई कार्य गर्न कठिनाइ भएको र उद्धार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज उद्धार एजेन्सीका प्रमुख अब्दुलले बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

माउन्ट मारापी ज्वालामुखीको खतरा रहेको इन्डोनेसियाको चार–चरणको चेतावनी दिइएको स्केल क्षेत्रमध्ये दोस्रो चेतावनी स्तरमा रहेको बताइएको छ ।