🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्तर–कोरियाली अन्तरीक्ष हतियारको दौड : दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको प्रक्षेपण 

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बीच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । 

कोरियाले शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासूस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको हो । उत्तर कोरियाले गत हप्ता आफ्नै जासूसी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको थियो ।

यो कदमले बढ्दो अन्तर–कोरियाली सुरक्षा प्रतिद्वन्द्वलाई संकेत गरेको बताइएको छ । उपग्रह स्थानीय समयअनुसार बिहान १०:१९ मा प्रक्षेपण भएको लगभग चार मिनेट पछि कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको हो । यसले सामान्य रुपमा काम गरिरहेको बताइएको छ । 

उच्च रिजोल्युसन इमेजरीका लागि दक्षिण कोरियाले अमेरिकी व्यावसायिक र सैन्य सम्पत्तिहरूमा भर परेको हुनाले उत्तर कोरियाको जानकारी संकलन गर्न स्वतन्त्र सैन्य स्याटेलाइट नेटवर्क स्थापना गर्न दबाब दिइरहेको छ । 

एक इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड उपग्रहको साथ सुरु गर्दै  दक्षिण कोरियाले उत्तर कोरियालाई राम्रोसँग निगरानी गर्न सन् २०२५ सम्ममा थप चारवटा उपग्रहहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।

यी उपग्रहहरूले पृथ्वीको सतहमा मौसमको प्रर्वाह नगरी डाटा संकलन गर्ने बताइएको छ । यो योजनाले दुई कोरियाबीच अन्तरिक्ष हतियारको दौडलाई चर्काउने कतिपयले विश्लेषण गरेका छन् । किनभने उत्तर कोरियाले नोभेम्बर २१ मा आफ्नो पहिलो जासुसी उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो र उसले यस वर्षको सुरुमा दुई असफल प्रयासहरू पछि छोटो अवधिमा थप प्रक्षेपण गर्ने वाचा समेत गरेको थयो ।