• शनिबार-श्रावण-१२-२०८१

मन्त्रीका पिए आचार्यको बढ्दो चुरीफुरी: केही अधिकृतले गर्दा उद्योग विभाग नै बद्नाम

 

काठमाडौं । वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालका निजी सचिव, स्वकीय सचिवका कार्यशैलीका कारण मन्त्रालयका सचिव, सहसचिव, मातहत विभाग महानिर्देशक र कार्यालय प्रमुखहरू वाक्कदिक्क हुन थालेको समाचार छ । मन्त्री रिजालको सोझोपन र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणाले जे भन्यो शतप्रतिशत स्वीकार गरी काम गर्ने कार्यशैलीले उद्योग मन्त्रालयको अवस्था निरन्तर खस्किंदै गएको बताइन्छ।


यसको उदाहरण चिनीको मूल्य वृद्धिलाई लिन सकिन्छ । नेपालीहरुको मुख्य चाडपर्व दसैँ, तिहार र छठ पर्वमासमेत आम उपभोक्ता सहज रुपमा चिनी पाउन सकेनन् । उद्योग मन्त्रालयको बोर्डमा मन्त्री रिजालको नाम लेखिएको छ । तर, वास्तविक मन्त्रीको अधिकार भने उनका अर्घाखाँची निवासी निजी सचिव मातृका आचार्यले प्रयोग गर्दैआएको आरोप लाग्दै आएको छ। मन्त्रीको सोझो र निरीहपनले रिजाल मन्त्री कि‘डिफ्याक्टो’मन्त्री भन्ने प्रश्नसमेत उठ्न थालेको मन्त्रालयका कर्मचारी चर्चा गर्दछन्। 


उपसचिव आचार्य वीरगन्जको कारागार शाखाको प्रमुखबाट सिधै मन्त्री रिजालको निजी सचिवकोनियुक्ति पाएका थिए । यही कारण उपसचिव आचार्यले मन्त्री रिजाललाई जेलको कैदी जस्तै बनाएको गुनासो सिंहदरवार परिसरमा सुनिदैआएको छ । मन्त्रालयका सबै सरूवा,बढुवा र सानादेखि महत्वपूर्ण निर्णयहरूमा उपसचिव आचार्य नै हर्ताकर्ता र निर्णायक देखिनेगरेको दावी स्रोतको छ। यसकारण पनि रिजाल मन्त्री कि आचार्य भन्ने व्यंग्यात्मक चर्चा मन्त्रालयभित्र हुन थालेको छ।


मन्त्री रिजालले कडा अडान लिन नसकेर सबै निर्णयहरूमा निजी सचिव आचार्यलाई हाबी गराउदा मन्त्रालयका उद्योग सचिव मुकुन्दप्रसाद निरौला मात्र होइन, मन्त्रालयका महाशाखा प्रमुख सहसचिव देखि उद्योग विभागका महानिर्देशक बाबुराम गौतमसमेत वाक्कदिक्क भएको समाचार स्रोतले बताएको छ।आचार्य शाखा अधिकृत हुँदा राजस्व अनुसन्धान कार्यालय बुटवलमा अनुसन्धान अधिकृत भएको बखत अतिरिक्त आम्दानी गर्न सफल भएका थिए । त्यसपछि उनी वीरगन्ज भन्सारमा जम्प हान्न सफल भएका थिए । आचार्यले सहसचिव बाबुराम गौतमलाई उद्योग विभागको महानिर्देशकमा लैजान सफलभएका थिए।महानिर्देशक गौतम पनि अर्घाखाँचीका र आचार्य त्यही जिल्लाबासी भएको कारण भेगीय नाताले बामपन्थी आस्थाका हुँदाहुँदै पनि रातारात लोकतान्त्रिक कर्मचारी बनाएर विभागमा खटाउन सफल भएको बताइएको छ ।


आचार्य अधिकृत हुँदासम्म राजस्व समूह रहेका थिए । महानिर्देशक गौतमले पनि उपसचिव हुँदासम्म राजस्व प्रशासन कै कर्मचारी हुन्। उनी आन्तरिक राजस्व कार्यालय,ठुला करदाता कार्यालय, वीरगन्ज भन्सार कार्यालयको  प्रमुख भएर कार्य सम्पादन गरिसकेका छन । वीरगन्ज भन्सारमा रहँदा  व्यावसायीको पक्षमा काम गरेकै कारण तिनै व्यावसायीहरूले उनलाई उद्योग विभागमा लैजादा काम गर्न सहज हुने भन्दै मन्त्रीका निजी सचिव आचार्यको समेत सेटिङमा महानिर्देशक बनाएको स्रोत बताउँछ ।


महानिर्देशक गौतमलाई आचार्यले कानून विपरीतका काम गर्न दबाब दिएर हैरान पार्न थालेको गुनासो बिभागका कर्मचारीले गर्दै आएका छन । यही कारणले गौतम विभागको महानिर्देशकबाट सरूवा हुन खोजेको चर्चा पनि विभाग परिसरमा चल्दै आएको स्रोतले जानकारी दिएको छ।महानिर्देशक गौतमलाई लेखाका स्याङ्जाली उपसचिव हरि पंगेनी र दाङ घर भएका उपसचिवमनोज रेग्मीबाहेक अन्य शाखाका  अधिकृत र उपसचिवहरूले असहयोग गर्दै आएको स्रोतले दावी गरेको छ।


महानिर्देशक गौतमले विभागमा आफूलाई कसैले सहयोग नगरेको गुनासो मन्त्रालयमा गरिसकेको चर्चा पनि छ । अतिरिक्त रकमनलिई कुनै पनि शाखामा छिटोछरितो र पारदर्शी ढंगले काम हुँदैन भनेर सेवाग्राहीहरू गुनासो गर्छन् । विभागमा नयाँ आएका करियरवाला शाखा अधिकृतहरूलाई सेवाग्राही उद्योगी र व्यवसायीहरूको काम फटाफट गर्न नदिने रैथाने कर्मचारी समूह सक्रिय रहेको बताइन्छ । दुई वर्षदेखि विभागमा एउटै शाखामा बसेरराम्रै आम्दानीगर्दै आएका शाखा ‘चैविस घ’ का एक अधिकृतले भाँजो हाल्दै आएको गुनासो कर्मचारीले गरेका छन ।


केही उपसचिव र शाखा अधिकृतहरूले छिटोछरितो ढंगले सेवाग्राहीलाई सेवा प्रभाव गर्दा हुन्न,काम हुँदैछ,हेर्नु पर्छ भनेर फाइल रोकेर राख्न दवाव दिने गरेको बुझिएको छ ।विभागका चल्दापूर्जा र रैथानेले नयाँ कर्मचारीहरूलाई हप्कीदप्की गर्दै छिटोछरितो काम नगर्न दवाव दिने गरेको मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव र सचिव निरौला समक्ष पुगेको मन्त्रालयस्रोतले जानकारी दिएको छ।विभागको एउटै मालदार तथा आकर्षक शाखामा वर्षाैंदेखि आलोपालो र घुमफिर गर्दै बस्दै आएका  लेनदेन प्रेमी बद्नाम केही शाखा अधिकृतका कारण उद्यमी व्यवसायीहरूसमेत आजित हुने गरेको गुनासो गर्छन् । (साँघु साप्ताहिक, २०८० मंसिर ११)
 

प्रतिकृया दिनुहोस