• आइतबार-भदौ-२९-२०८२

एनआरएनए युवा उद्यमशीलता समितिको संयोजकमा नारायण समाजसेवी

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी(समाजसेवी)लाई नियुक्त गरेको छ ।

 

गत साउन १८ गते बसेको आईसीसी बैठकले २०२५–२०२७ कार्यकालका लागि भण्डारीलाई उक्त पदमा चयन गरेको हो । समितिको अध्यक्षको हैसियतमा उनले युवाविभाग प्रमुखलाई प्रत्यक्ष प्रतिवेदन  दिने व्यवस्था गरिएको छ ।

 

एनआरएनएले जारी गरेको पत्रमा भनिएको छ, ’भण्डारीको निरन्तर प्रतिबद्धता, असाधारण समर्पण र गैरआवासीय नेपाली आन्दोलनमा पु¥याएको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यो जिम्मेवारी दिइएको हो ।’
संघका अध्यक्ष महेशकुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले हस्ताक्षर गरेको पत्रमा भण्डारीको नेतृत्वले नेपाली युवामा उद्यमशीलता र नेतृत्व क्षमताको विकास गर्न ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

 

संघले ‘नेपालीका लागि नेपाली–समृद्ध नेपालको लागि’ भन्ने साझा दृष्टिकोणलाई अगाडि बढाउन भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको जनाएको छ । नारायण समाजसेवीले एनआरएनए कतार लगाएत बिभिन्न संघ संस्थामा जिम्मेवारीमा रहेर सफलतापुर्वक कार्य सम्पन्न गरेका ब्यक्ति हुन ।

 

आफूलाई बिश्वास गरेर यो जिम्मेवारी दिएकोमा नारायण समाजसेवीले एनआरएनए अध्यक्ष महेश श्रेष्ठलगाएत कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै आफूले दिएको जिम्मेवारी दिन रात नभनी पूरा गर्ने बताए ।
 

 

प्रतिकृया दिनुहोस